सरकारी चिकित्सक आजै काममा नफर्किए कारबाही

सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु आज काममा नफर्किए कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत काममा फर्किन आह्वान गरेको थियो । मन्त्रालयका अनुसार आज काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी डाक्टरहरु मंगलबार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको बताए । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा वार्ता हुनसक्ने श्रेष्ठले बताए ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपनि चिकित्सकहरुले पाएको अधिकार नरोकिने र वृत्तिविकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तयार रहेको उनले बताए । तर त्यसका लागि सरकारले आन्दोलन फिर्ता गरी काममा फर्किनुपर्नेलाई शर्त बनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com