ग्यङनम स्टाइलको रेकर्ड तोड्यो ‘किल दिस लभ’ले (भिडियो सहित)

काठमाडौँ, २७ चैत । युट्युबमा दक्षिण कोरियाई पप स्टार ‘साई’ले गाएको गीत  ‘ग्यङनम स्टाइल’लाई ब्ल्याकपिंक  ब्यान्डको ‘किल दिस लभ’ गीतले रेकर्ड तोडेको छ ।

उक्त गीत युट्युबमा अपलोड भएको दुई दिनमा ग्यङनाम स्टाइलको रेकर्ड तोडेको छ । उक्त गीतको भिडियो २४ घण्टामा ५६ दशमलव ७ मिलियन पटक युट्युबमा हेरिएको छ । अहिलेसम्म यो गीत १२ करोड पटकभन्दा बढी हेरिएको छ ।

‘किल दिस लभ’ले एक दिनमा सबैभन्दा बढी पटक हेरिएको अरियना ग्रान्देको ‘थ्यांकयु’ गीतको रेकर्ड पनि तोडिदिएको छ । सन् २०१६ मा स्थापित भएको ब्यान्ड हो । उक्त ब्याल्याकपिंक ब्यान्डमा जीसू, जेनी, रोज र लिसा सम्मिलित छन् ।

यस ब्यान्डले सेप्टेम्बर २०१६ मा स्क्वायर वन नामको आफ्नो पहिलो एल्बम जारी गरेको थियो । यो एल्बम कोरियामा एकदमै रुचाइएको थियो ।

भिडियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com