रसुवागढी र साञ्जेनको आइपीओ बैंशाख देखि खुला गर्ने

काठमाडौँ, २७  चैत । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले बैशाखदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ ।

आइपिओ सर्वसाधारण बैशाख ६ देखि बिक्रि खुला गर्ने भएको हो । सान्जेनले ५४ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्दैछ  ।

यसमध्ये २ लाख १९ हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७ सय ५० कित्ता (५ प्रतिशत) म्युचुअल फण्डको लागि छुट्याइएको छ बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यता रसुवागढी हाइड्रोपावरले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ निष्काशन गर्दैछ ।  यसमध्ये ४ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ ।

 यी दुई कम्पनीको आइपिओमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यो आइपिओ प्रतिकित्ता १०० रुपैयाँ अंकित हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com