‘दाल भात तरकारी’को ट्रेलर रिलीज

काठमाडौँ, ३० चैत । सुदन केसीले निर्देशन गरेको फिल्म ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएसगै अमेरिका जानका लागि हुने दौडधुपलाई कमेडीको माध्यमबाट उठाइएको छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मित्र डी गुरुङको समपादन रहेको फिल्ममा शम्भुजित बास्कोटाको संगीत तथा कविराज गहतराज कोरियोग्राफी र दिर्घ गुरुङको छायांकन रहेको छ ।

ट्रेलर

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com