आज चैतेदसैं र रामनवमी पूजाआराधना गरि मनाइँदै

काठमाडौँ, ३० चैत । आज चैतेदसैं र रामनवमी एकैदिन मनाइदै छ । आज बिहान ८ः४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले बताएका छन् ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौँ अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको बिस्वास गरिँदै आएको छ ।

सोहीअनुसार आजको दिन नै दुबै चार्ड परेकापनि बिहान शक्तिस्वरूपमा भगवतीको उपासना गरिन्छ भने दिउँसो भगवान् रामको आराधना गरिन्छ। ‘रामको पूजा भने मध्याह्नमा गर्नुपर्ने बताइएको छ ।’  ‘रामको जन्म मध्याह्नमै भएको शास्त्रमा उल्लेख छ ।’

त्यस्तै धर्मशास्त्रका अनुसार, चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै नौदिनसम्म शक्तिको उपासना गर्ने परम्परा छ । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ ।

चैतेदशैँको अवसरमा उपत्यकालगायत देशभरका विभिन्न शक्तिपीठहरुमा घुइँचो लागेको छ ।a

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com