आजको मौसम तराईका केही जिल्लामा हावाहुरीको सम्भावना

काठमाडौँ, ३० चैत । आज दिनभर र भोलि पनि मौसम बदली हुने भए पनि पूर्वी र मध्य तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बिहानैदेखि केही ठाउँमा पानी परेको छ । वर्षा गराउने बादल सक्रिय भएकाले केही क्षेत्रमा सामान्य पानी पर्ने र ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी क्षेत्रमा भोलिसम्मै मौसम बदली हुनेछ । प्रिमनसुनको समय भएकाले हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको र सप्तरी, मोरङ, झापा, बारालगायतका जिल्लाका केही क्षेत्रमा हावाहुरी चल्ने भएकाले सर्तक रहन मौसमविद्ले आग्रह गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com