कार, ट्रयाक्टर र बस ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरी, ३० चैत । सुनसरीमा कार, ट्याक्टर र बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति धरानबाट आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले त्यही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टर र इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ बसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा टहरी–५, का अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका जनक वुढाथोकी र इटहरी–४, का मदन लिम्बूको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन् । दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com