प्रधानमन्त्री ओलीद्वारा वृद्ध भत्ता बढाउने घोषणा

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष वृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका हुन ।

उनले भने, ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ ।’  ‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो’ उनले भने वृद्धभत्ता बढ्दैछ ।’ वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीले जिकिर गरे ।

केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने बताउदै अपवादमा मात्रै मान्छेहरु विरामी हुने बताए । कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सरकारले साकार पार्ने बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com