‘पोई पर्यो काले’मा पूजा र आकाश फाइनल

काठमाडौँ, २ वैशाख । शिशिर राणाको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘पोई पर्यो काले’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फाइनल भएका छन् ।

जेठबाट छायांकन सुरु हुने फिल्ममा उनीहरुले आज एकसाथ चलचित्रमा संझौता गरेका छन् । उक्त फिल्मका लागि नायिका पूजा शर्माले  लागि २० लाख पारिश्रमिक लिएकी हुन् ।

यस्तै, नायक आकाश श्रेष्ठले उक्त फिल्मका लागि १८ लाख पारिश्रमिक लिएका छन् । फिल्मयो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com