कक्षा १२ को परीक्षा आजदेखि सुरु

राष्ट्रिय परीक्षा बोर्डले आज आइतबारदेखि कक्षा १२ को परीक्षा देशभर सुरु गर्ने भएको छ ।

कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको परीक्षा भोलिदेखि शुरु भएर बैशाख २६ गते सकिनेछ ।

परीक्षामा देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रबाट ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षार्थी संख्या अनुसार सबैभन्दा कम मनाङ्ग जिल्लामा ५९ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ६२ हजार ५ सय ८८ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षामा ३४ हजार ६ सय ९० जनशक्ति परिचालन गरिएको छ । परीक्षाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सबै प्रश्नपत्रको सुरक्षा २४ सै घन्टा सीसीटिभीबाट दिइने बोर्डले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com