‘गेम अफ थ्राेन’का शोफी टर्नर र जो जोनसले गरे विवाह

एजेन्सी, २० बैशाख । चर्चित वेव सिरिज ‘गेम अफ थ्रोन’ मा सान्सा स्टार्कका रुपमा चर्चित अभिनेत्री सोफी टर्नर र गायक जो जोनसले अमेरिकाको लस भेगासमा विवाह गरेका छन् ।

डिजे डिप्लोले उनको इन्स्टाग्राम एकाउन्टको स्टोरीमा सोफी र जो जोनस निजीले एक समारोहमा विवाह गरिरहेको भिडियो पोष्ट गरेका छन् ।

भिडियोमा यी दुईलाई निजी समारोहमा केही सीमित पाहुनको उपस्थितिमा विवाह गरिरहेको देख्न सकिन्छ । सोफी र जोले सन् २०१६ देखि एकअर्कालाई डेट गर्न सुरु गरेका थिए ।

अमेरिकी पप गायक जो जोनस निक जोनसको भाइ हुन् । गत वर्ष डिसेम्बरमा भारतको उदयपुरमा निक जोनस र प्रियंका चोपडाको विवाह हुँदा जो जोनस र सोफी टर्नर पनि सहभागी भएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com