साम्राज्ञी स्टारर फिल्म ‘मारुनी’को सकियो छायांकन

काठमाडौँ, २० वैशाख । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘मारुनी’को छायांकन सकिएको छ ।

नवल नेपालको निर्देशनमा रहेको उक्त फिल्म ५२ दिन लगाएर छायांकन सकिएको जनाएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेबिका गुरुङ, पुष्प खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

संजय लामाले छायांकन गरेको उक्त फिल्म भदौको १३ गते रिलिज हुने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com