‘स्टुडेन्ट अफ द इयर–२’ पनि पाइरेसीको शिकार

काठमाडौँ, ३० बैशाख । गत शुक्रबारदेखि रिलिजमा भएको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ इनटरनेटमा लिक हुन पुगेको छ ।

एक्शन अभिनेता टाइगर श्रफ, अनन्या पाण्डे, तारा सुतारिया स्टारर् ‘स्टुडेन्ट अफ द इयर–२’लाई पाइरेसीको चर्चित वेबसाइट तमिल रकर्सले लिक गरिदिएको हो ।

फिल्म  रिलिज भएको केही घण्टामै तमिल रकर्सले करण जोहरको धर्मा प्रोडक्शनमा बनेको फिल्मलाई लिक गरिसकेको छ । पूरै फिल्म वेबसाइटमा उपलब्ध छ । बक्स अफिसमा यो फिल्मले राम्रो कमाई गरिरहेको छ ।

यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले ओपनिङ डे मा १२ करोड ६ लाखको ब्यापार गरेको थियो । त्यस्तै दोस्रो दिन १४ करोड २ लाखको ब्यापार गरेको थियो । यो फिल्मले दुई दिनमै २६ करोड आठ लाख भन्दा बढीको ब्यापार गरिसकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com