‘साहो’को लागी प्रभास हिन्दी सिक्दै

काठमाडौँ, ३० बैशाख । फिल्म ‘बाहुबली’का नायक प्रभास नयाँ फिल्म ‘साहो’ को तयारीमा रहेका छन् ।

तेलगु र तमिलका अलावा हिन्दी भाषाबन्न लागेको उक्त फिल्मका लागी प्रभास हिन्दी सिकिरहेका छन् । भारतीय मिडियाका अनुसार, उनलाई दक्षिण भाषा बोल्न गाह्रो नभए पनि हिन्दी भाषाका लागि भने निकै समस्या भएको जनाएको छ ।

अहिले उनले हिन्दी सिक्नका लागि स्पेशल क्लासेस लिइरहेका छन् । प्रभासलाई हिन्दी बोल्न आए पनि राम्रो तरिकासँग भने आउँदैन । डीएनएसँग कुराकानी गर्दै उनले भनेका छन,  ‘फिल्मलाई लिएर म निकै उत्साहित छु । तर, मलाई निकै मुश्किल पनि भइरहेको छ । किनकि, हिन्दी मेरो पहिलो भाषा होइन । यसका लागि मैले तयारी गर्नु परेको छ ।’

१५ अगस्टमा रिलिज हुने फिल्ममा प्रभास, श्रद्धा कपूर, मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com