नेप्से ६.३० अंकले सुधार

काठमाडौँ, ३० बैशाख । शेयर बजारमा आज  ६.३० अंकले सुधार भएको छ ।

बजार सुधार भएसँगै नेप्से सूचक १३०१.३४ विन्दुमा पुगेको छ । १६९ कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २३ लाख ९२ हजार ४०३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

सबैभन्दा धेरै उत्पादनमूलक समूह ५९.८१ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ०.८२ अंकले हरियो देखिएको छ । कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रता लिएको छ । शिवमको ११ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

कारोबारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक र प्रिमियर इन्सुरेन्स परेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com