श्रीलंकामा सरकारले लगायो देशभर कर्फ्यु

एजेन्सी, ३१ बैशाख । श्रीलंकाका मस्जिद तथा मुसलमानको ब्यापारिक प्रतिष्ठालाई निशाना बनाएर हिंसा हुने क्रम बढेसँगै रातको समयमा देशभर कफर्यु आदेश जारी गरिएको छ ।

श्रीलंकामा पछिल्लो समय विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै तनाब बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मश्जिद र मुश्लिम समुदायको व्यापरिक प्रतिष्ठानमा निशाना बनाउने काम केही समयदेखि भइरहेको छ ।

सोमबार उत्तर पश्चिमी शहर कीनियामा रहेको एक मस्जिदमा हमला भएको थियो ।कतिपय स्थानमा दंगामा सामेल भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर गर्नुपरेको र अश्रुग्याँसको प्रयोग समेत गर्नुपरेको बीबीसीले जनाएको छ ।श्रीलंकका प्रधानमन्त्री रनिल विक्रमासिंघले गलत जानकारी प्रति सचेत हुन र सुरक्षाब्यवस्था कडा पार्न आग्रह गरेका छन् । श्रीलंकामा सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com