विप्लव समुहका जिल्ला इन्चार्ज पक्राउ

रुकुम, ३१ बैशाख । विप्लव नेतृत्वको रुकुम पूर्वका जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान करिब २ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलिले जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’लाई रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मुलपानीबाट पक्राउ गरिएको जनाएको छ ।

नियन्त्रणमा लिँदै गर्दा प्रहरीलाई अश्लिल गालिगलौज गर्दै हातपात गरि अभद्र ब्यवहार गरेकाले उनलाइ सार्वजनिक अपराध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com