दुई जहाज आकाशमा ठोक्किदा ५को मृत्यु, १० घाइते

एजेन्सी, ३१ बैशाख । अलास्काको आकाशमा उडिरहेका दुई जहाज आकाशमै ठोक्किँदा ५ यात्रुको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

अमेरिकन स‌ंघीय नागरिक प्रशासनका अनुसार कुन केव इलाका नजिकै द हेविल्यान्ड डिएचसी—२ बिवर र द हेविल्यान्ड अटर डिसी—३ विमान ठोक्किएको जनाएको छ । दुवैमा रोयल प्रिन्सेस क्रुजका यात्रु सवार थिए ।  घुम्न आएका उनीहरुलाई हवाई सयर गराउने क्रममा दुर्घटना भएको जनाइएको छ । घटनापछि एकजना बेपत्ता छन् ।

एफएएका अनुसार दुर्घटनका बेला दुवै जहाज एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सम्पर्कमा थिएनन् । दुर्घटनाको कारण नखुले पनि बिवरमा ५ र अटरमा ११ जना सवार रहेको जनाइएको छ  । घाइते १० यात्रुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

क्रुजका अधिकारीहरुका अनुसार दुर्घटनका बेला बाक्लो बादल लागेको र बादलसँगै प्रतिघण्टा १४ किमि प्रतिघण्टाको गतिमा हावा चलिरहेको जनाएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com