भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने परिस्थिती सिजर्ना भयो : सांसद बस्नेत

भक्तपुर, १ जेठ । नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेको बताउँदै आगामी दिनमा विकासबाट पछि पर्ने दिन समाप्त भएको बताउनुभएको छ ।

लक्ष्मी टावर–पुरानोबाटो–निकोसेरा–गोखुँ हुँदै कृषी विकास तालिम केन्द्र बोडे जाने सडकको सडक विभागबाट ६ करोडको लागत तथा ढलको लागि दुई करोडको लागतमा आागमी कार्तिक मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको उक्त सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै जनताको तिव्र विकासको चाहनालाई पुरा गर्नेमा देशकै सवैभन्दा उत्कृष्ट भएको बताउनुभयो । उहाँले आफु निर्वाचित भएको समयदेखि हालसम्म चुनावको दैरानमा जनता माझ गरेको प्रतिवद्धता करिव पुरा गरेको बताउँदै आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने परिस्थिती सिजर्ना हुने बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरमा जनप्रतिनिधि तथा अविभावक विहिन हुने दिन समाप्त भएको बताउँदै वर्तमान निर्वाचित जनप्रतिनिधि जहिले पनि जनताको घर दैलोमा हुने बताउनुभयो । उहाँले भक्तपुरमा सडक, ढल, शिक्षा, स्वास्थ्य, विद्युत लगायतको मुहार नै फेरिएको बताउँदै जनताको इच्छा अनुसारको विकास निर्माणको काम एक वर्षमा नै उत्कृष्ट भएको बताउनुभयो ।

विगतमा विभिन्न निकायको तालमेल नहुँदा सडक समस्या उत्पन्न हुने गरेको तर आगामी दिनमा त्यस्तै समस्या नहुने बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘सडकले बनाउने मेलम्चीले विगार्ने अनि ढलले आफुलाई सहज भएको समयमा पुनः सडक विगार्दै ढल राख्ने परम्पराको अन्त्य गर्दै सिस्टमेटीक तरिकामा सम्बन्धीत निकायले सहकार्य गर्दै समस्या उत्पन्न नहुने गरी काम गर्नुपर्छ । जनताले पटक पटक दुःख पाउनु हुँदैन ।’

भक्तपुरमा पहिले भएका सडक कालोपत्रे भइरहेको र नभएका ठाउँमा निर्माण कार्य तिव्र रुपमा अघि बढेको बताउँदै उत्तर दक्षिण जोड्ने लिङक रोडहरुको विकासलाई समेत तिव्रता दिइएको बताउनुभयो ।

उहाँले हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण कार्य समेत तिव्र गतिका सथ अघि बढिरहेको बताउँदै भक्तपुरमा वर्षाका कारण हुने डुवान तथा कोटेश्वर – जडिवुटीको सवारी जामलाई समेत न्युनिकरण गर्न करिडोर निर्माणको साथ साथै आवश्यक ठाउँ ठाउँमा पुल, ढल निर्माणका कार्यहरु तिव्र गतिका साथ अघि बढेको बताउनुभयो ।

मनोहरा र हनुमन्ते करिडोरमा बहुवर्षिय योजनामा पार्न सफल भएको जानकारी गराउँदै उहाँले नागवेलीदेखि खस्र्याङखुर्सुङ हुँदै जाने सडकको प्रस्ताव गरिएको साथै पेप्सीकोलादेखि नगरकोटसम्मको बैकल्पीक सडकको निर्माण कार्य भइरहेको जानकारी गराउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायक, मध्यपुर र चाँगुनारायण नगरपालिकालाई सहरीकरण गर्नको लागि न्युनतम तीस÷तीस करोड सहरी विकास मन्त्रालयमा प्रस्ताव गरिएको जानकारी गराउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com