सात वर्षदेखि आफ्नै छाेरीलाई बलात्कार गरेको आराेपमा बुबा पक्राउ

दाेलखा, १ जेठ । ७ वर्षदेखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएकाे आराेपमा बाबु पक्राउ गरि दोलखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

वैशाख ५ गते बिहीबार सदरमुकाम चरिकोटबाटै पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतले पुर्पक्षका लागि दोलखा कारागारमा पठाएको हो । मंगलबार जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले पीडकलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो ।

७ वर्षदेखि आफ्नै बुबाले पटक पटक बलात्कार गरेको भन्दै १७ वर्षीया छोरीले जिल्ला प्रहरी कार्यालय दोलखामा वैशाख ४ गते किटानी जाहेरी दिएकी थिइन् ।

अबको २० दिनभित्र पीडित छोरीलाई बकपत्रका लागि झिकाउन आदेश दिइएको दोलखा जिल्ला अदालतले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com