कल परीक्षणमा नेपालका सबै टेलिकम कम्पनी फेल

काठमाडौँ, १ जेठ । नेपालमा दूरसञ्चार सेवा दिइरहेका प्रमुख मोवाइल सेवा प्रदायक कम्पनीहरु कल परीक्षणमा फेल भएका छन् ।

एनटीएले गरेको यस्तो गुणस्तर परीक्षणमा ‘कल स्थापना हुन लाग्ने समय र सफलताको दर’, ‘आफैँ फोनकल वा सम्पर्क विच्छेद हुने दर’ र यसको इन्टरनेटको परीक्षण गरेको थियो ।परीक्षणमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम तीनवटै मोवाइल सेवा प्रदायक कम्पनीहरु कल परीक्षणमा फेल भएका हुन् ।

नेपालको टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरण (एनटीए) ले डेढ महिना लगाएर गरेको एक प्रतिवदेन अनुसार प्रमुख सेवाप्रदायक टेलिकम कम्पनीको मोवाइल सेवाको गुणस्तर कमजोर रहेको पाइएको हो ।

यस्तो परीक्षणमा कल स्थापन हुन लाग्ने वा फोन लाग्ने समय सबैभन्दा बढी स्मार्ट टेलिकमको छ । त्यसपछि नेपाल टेलिकम र एनसलेलको रहेको छ । प्राधिकरणले तोकेको मापदण्ड अनुसार ५ सेकेन्ड वा सो भन्दा कम समयभित्रै फोन लागिसक्नुपर्छ । फोन कल हरेक प्रयासमा लाग्नुपर्छ । अर्थात कम्तिमा ९९ प्रतिशत फोन लाग्ने हुनुपर्छ । तर, टेलिकम कम्पनीको फोन लाग्ने समय भने प्राधिकरणको मापदण्ड भन्दा निकै कमजोर रहेको पाइयो ।

प्राधिकरणले ५ सेकेन्डभित्रै फोन लाग्ने मापदण्ड तय गरेको भएपनि सो भन्दा दोब्बर बढी टेलिकम कम्पनीले लगाउने गरेका छन् । एनसेलको ७.६८ सेकेन्डभित्रै फोन लाग्छ भने टेलिकमको ११.५३ सेकेन्ड र स्मार्ट टेलिकमको १२.१ सेकेन्ड लाग्ने गरेको एनटीएको प्रतिवेदनमा उल्लेख छ । प्रतिबेदन अनुशार आफैं फोन सम्पर्क विच्छेद हुने दरमा भने टेलिकम कम्पनीले पछिल्लो समय सुधार गरेका छन् ।

एनसेलको टेलिफोन सम्पर्क भएपछि आफैं विच्छेद हुने दर शून्य प्रतिशत रहेको छ भने टेलिकमको १.५४ प्रतिशत छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com