विप्लव समूहका एक कार्यकर्ता पक्राउ

जाजरकोट, १ जेठ । जाजरकोटबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

मंगलबार राति छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट  छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएको छ ।

पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com