आज ५५ औं विद्यार्थी एकता दिवस प्रभातफेरी

काठमाडौँ, १ जेठ । ५५ औं विद्यार्थी एकता दिवसको अवसरमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् ।

संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा सहित बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो ।

उक्त भूगोलपार्कमा आयोजित सभालाई अनेरास्ववियूका पूर्वअध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू -क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए ।

विद्यार्थीहरुको एकताको बलमा आन्दोलन सफल भएको यही दिनको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता र विजयको रुपमा मनाउँदै आएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com