२३ औं पटक सगरमाथा चढेर बनाए शेर्पाले नयाँ कीर्तिमान

काठमाडौँ, १ जेठ । कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन ।

सोलुखुम्बुको थामे गाउँमा जन्मेका उनी आज बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल भएका हुन ।

कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका छन ।

२३औँ पटक सगरमाथा आरोहणको तयारीमा जुटेका कामिरिता शेर्पा भन्छन, ‘अझै ४–५ पटक सगरमाथा चढ्ने मेरो योजना छ, हेरौं के हुन्छ !’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com