‘कान्स फिल्म फेस्टिभल–२०१९’ मा प्रियंका सहभागी हुदै

काठमाडौँ, ५ जेठ । विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभल–२०१९’मा नायिका प्रियंका कार्की सहभागी हुने भएकी छन ।

विश्वकै ठूलो यो फेस्टिभलमा पहिलो पटक नेपालले पनि सहभागीता जनाउने भएको छ । उक्त फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा मे २५ सम्म चल्नेछ ।

सो महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु प्रियंका चोपडा, दिपिका पादुकोण, कंगना रनावत, ऐश्वर्या राय, हुमा कुरेसी लगायतले सहभागीता जनाइरहेका छन् ।

नायिका कार्कीको न्स्टाग्रामको सक्रियता हेरेपछि उनलाई कान्सको टिमबाट नै निमन्त्रणा आएको बताएकी छन । उनले भनिन्–‘यो मेरा लागि मात्र होइन, नेपालकै लागि पनि महत्वपूर्ण छ । किनकी, त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइनँ । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’

नायिका कार्कीले आफू उक्त महोत्सवमा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com