गायिका रिहाना विश्वकै धनी बन्न सफल

एजेन्सी, २५ जेठ । फोब्र्स म्यागजिनका अनुसार विश्व चर्चित गायिका रिहाना संसारकै सबैभन्दा धनी गायिका बन्न सफल भएकी छिन् ।

गायिका रिहानाले ६ सय मिलियन डलर कमाइ गरेर विश्वका अन्य चर्चित गायिकालाई पछाडि पारेकी छिन् । रिहाना ६०० मिलियन डलर सम्पत्तीका कारण फोब्र्स पत्रिकाको र्याङकिङमा प्रथम स्थानमा रहेकी छिन भने दोस्रोमा ५७० मिलियन डलर सम्पत्ती भएकी म्याडोना दोस्रो स्थानमा छिन् ।

त्यस्तै तेस्रोमा बियोन्से रहेकी छिन् जसको कमाई ४०० मिलियन डलर रहेको छ । रबिन रिहानाको पप भर्सनमा रहेको वनली गर्ल र डायमन्ड्स निकै रुचाइएका गीतहरु हुन् । रिहाना विश्वको टप शौन्दर्य प्रशाधन कम्पनी फेन्टीको ब्रान्ड एम्बेसडर पनि हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com