शौचालय भत्किँदा तीन बालिकाको मृत्यु

दार्चुला, २९ जेठ । दार्चुलामा शौचालय भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ ।

मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका नौगाड गाउँपालिका ४ गणेश विनायक माविको छाना भत्किँदा तीन बालिकाको घटनास्थलमा नै मृत्यु भएको गाउँपालिकाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाले बताएका छन् ।

शौचालयको छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकीन भएको छैन । सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । निकालिएका शवहरुको समेत पहिचान हुन सकेको छैन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com