कैदीले विष सेवन गरेर गरे आत्महत्या

बाँके, २९ जेठ । बाँकेको कारागारमा एक जना कैदीले विष सेवन गरि आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगिएको बेला शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेको जनाइएको छ ।

तिवारीकै पत्नीले अस्पताल खर्च स्वरुप पैसा दिदा पैसासंगै विष दिएको हुन सक्ने जिल्ला कारागार बाँकेले जनाएको छ । उनकी श्रीमतिले पनि अस्पताल परिसरमा नै विष सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवनपछि विरामी परेकी पत्नीको भेरी नर्सिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष वैशाख ५ गते लागू औषध मुद्धामा थुनामा रहेका तिवारीको ७ वर्षको कैद र १० हजार रुपैयाँ सजाय भएको पत्र सोमबार मात्रै कारागारमा पुगेको थियो । तिवारीलाई सोमबार नियमित जाँच गराउन अस्पताल लगिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com