नेपाल पत्रकार महांघद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौँ, २९ जेठ । मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महांघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

महासंघले यही असार ३ गते देखि असार ३० असारसम्म विविध कार्यक्रम गर्ने गरी आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको हो ।

तेस्रो चरणमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठ्ठी जुलुस र पे्रस स्वतन्त्रता सभा आयोजना गर्ने र उक्त विधेयक फिर्ता नभएसम्म थप सशक्त आन्दोलन जारी राख्ने निर्णय महासंघको रहेको छ ।

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने भएको भन्दै महासंघले यसलाई फिर्ता लिएर सरोकारवालासँग छलफल गरेर समस्याको समाधान गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com