प्रधानमन्त्री ओलीले विहिवार फ्रान्सको भ्रमण गर्ने : समकक्षीसँग भेटवार्ता हुने

काठमाडौ, २९ जेठ । युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार औपचारिक फ्रान्सको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

फ्रान्स भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली शर्मालाई उहाँको आफ्ना समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसंग भेट गर्नुहुनेछ । वार्ता प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे एक घण्टासम्म चल्ने बताइएको छ ।

वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिकलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ । अन्तर्राष्ट्रिय लगानीमा सरकार प्रतिवद्ध रहेकाले फ्रान्सेलीहरुलाई नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तो दिनुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बेलायतको लण्डनबाट सार्वजनिक रेल चढेर पेरिस आउने कार्यक्रम रहेको छ । पेरिस आए लगत्तै यहाँको उद्योग वाणिज्य महासंघका अधिकारीहरुसित संयुक्त लगानीका विषयमा छलफल हुँदै छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com