बन्द धनगढी विमानस्थल आजदेखि खुल्ने

धनगढी, २९ जेठ । धावनमार्ग मर्मतका लागि वैशाख २२ देखि बन्द धनगढी विमानस्थल आज बुधवारदेखि सञ्चालनमा आउने भएको छ ।

विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेकाले बुधवारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको जनाएको छ ।

८५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको जनाए । अहिले धनगढी–काठमाडौं रुटमा नेपाल एयरलाइन्स, बुद्ध र श्री एयरलाइन्सले दैनिक ५ वटा उडान भर्दै आएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com