सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बीमा पनि’ योजना

काठमाडौँ, २९ जेठ । सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत पनि बीमा पनि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले खाता खोल्ने ग्राहकको १६ लाख रुपैयाँसम्मको बीमा हुने जनाएको छ । जसमा खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमासम्बन्धी सुविधाहरू समावेश छन् । यसअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ ओटा बचत खाता छन् ।

उक्त  खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् । न्यूनतम मौज्दात ५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ रहेको छ । खाता खोल्नेले लकर सुविधामा विशेष छूट, निःशुल्क एबीबीएस तथा एटीएम भिसा कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा १ वर्षसम्म निःशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com