प्रधानमन्त्री खानद्वारा ३० जुनसम्म सम्पत्ति घोषणा गर्न आह्वान

काठमाडौँ, २९ जेठ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशबासीलाई ३० जुनसम्म आफ्नो सम्पत्ति घोषणा गर्न आह्वान गरेका छन् ।

उनले पाकिस्तानलाई सही दिशमा ल्याउन र गरिबको जीवन सुधारमा ल्याउन आफ्नो जिम्मेवारी निभाउन आफ्नो बेनामी सम्पत्ति, बैंक अकाउन्ट र विदेशमा राखेको सम्पत्ति सार्वजनिक गर्नु पर्ने आग्रह गरेका छन ।

प्रधानमन्त्री खानले भने, ‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब पुगेको छ । हामी हरेक वर्ष चार हजार अर्ब कर जम्मा गर्छौं र त्यसको आधा ऋणको किस्ता तिर्न खर्च गर्छौं । बाँकी रकमले हाम्रो दशको खर्च चल्दैन ।’

उक्त अभियानमा सहभागी हुन सबैलाई अपील गर्दै उनले भने, ‘तपाईसँग ३० जुनसम्मको समय छ कि बेनामी सम्पत्ति सार्वजनिक गर्नुस् । हाम्रो सरकारसँग त्यो सूचना छ, जुन यसअघिको सरकारसँग थिएन । विदेशमा पाकिस्तानीहरुको सम्पत्ति र बैंक एकाउन्टको सूचना पनि मसँग छ ।’

पाकिस्तानमा सबैभन्दा कम कर तिर्ने र धेरै खतरा भएको खुलुक रहेको भन्दै उनले सबै नागरिक तयार हुने हो भने बर्षमा १० हजार खर्ब रकम जम्मा गर्न सकिने बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com