गुठी बिधेयक नै किन ?

१. गुठी ऐन, २०७५ किन ?

राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई ब्यबस्थित गरी सर्बसाधारणको हित कायम गर्न, गुठी जग्गाको संरक्षण, उपयोग र ब्यबस्थापन गर्न, गुठीको विकास संचालन र व्यवस्थापन गर्न आवश्यक व्यवस्था गर्न र बिद्यमान गुठी सम्बन्धि कानुनलाई एकिकरण र संसोधन गर्न ।

२. गुठियार भनेको को हो ?

(दफा २ झ) गुठीको दाता वा निजको हकवाला, गुठीको संचालक, गुठी चलाउन वा गुठीको शेषकर खान पाउने हक भएको व्यक्ति हो । गुठीको महन्त, पुजारी, खानगिदार, रकमी, कामदार पनि गुठियार नै हुन ।

३. गुठियारको अधिकार स्वत: समाप्त हुने भनेपछि गुठियार कहाँ रहे त ?

विधेयकको दफा २४(१) मा गुठियारको धार्मिकस्थल उपरको सबै अधिकार यो ऐन प्रारम्भ भएपछि स्वतस् समाप्त हुनेछ भन्ने बाक्यांश पछि दफा २४(२) मा उपदफा (१) बमोजिमका धार्मिकस्थलको संचालन र बन्दोबस्त यस ऐन बमोजिम गरिनेछ भनेर गुठियारको धार्मिकस्थलको अधिकार पुनर्जागरण गरिएको छ । अब यो ऐन प्रारम्भ भएपछि गुठियारको अधिकार सुनिश्चितता गर्न दफा ६३ मा गुठियारले निजी गुठीसंग सम्बन्धित दानपत्र, मिलापत्र, धर्मपत्र, लगत, दर्ता प्रमाणपत्र आदि लिखतमा लेखिएबमोजिम त्यस्तो गुठीको संचालन र बन्दोबस्त गर्नुपर्नेछ भन्ने लगायत उपदफा १ देखि ८ सम्म ब्यबस्था गरी गुठियारको अधिकारको प्रत्याभुत गरिएकोले गुठियारको अधिकार समाप्त गरिएको होइन, बरु समसामयिक बनाइ थप गरिएको छ, बढी जिम्मेवार बनाइएको छ ।

४. गुठी भनेको के नी ?

(२घ) कुनै मठ वा कुनै धार्मिक देवी देवताका पर्व, पुजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, धार्मिकस्थल, धर्मशाला, पाटीपौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बागबगैचा जंगल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय, घर, इमरात वा संस्था बनाउन, संचालन वा संरक्षण गर्न कुनै दाताले आफ्नो चल वा अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी दिएको ।

५. धार्मिकस्थल ब्यबस्थापन समितिको गठन कसरी हुन्छ ?

(दफा २८ र २९) सनातन धर्म परम्पराप्रति आस्था र बिश्वास भएको, धार्मिकस्थल रहेको क्षेत्रमा राम्रो ख्याति र असल चालचलन भएको, धार्मिकस्थलको स्थापना, निर्माण, जीर्णोदार, पुनर्निमाण वा विकास तथा धार्मिकस्थलको पर्व, पुजा, जात्रा जस्ता उत्सवमा उल्लेखनीय योगदान पुर्याएको, धार्मिकस्थलको पुजा, यात्रा, उत्सवमा रुची भएको बढीमा ११ जना सदस्यीय धार्मिकस्थल ब्यबस्थापन समिति गठन गरी एक वा एकभन्दा बढी धार्मिकस्थलको ब्यबस्थापन गरिनेछ ।

६. के हो राष्ट्रिय गुठी प्राधिकरण ?

(दफा ३, ४) हो, गुठी संस्थानले गर्ने र त्यो भन्दा अझ फराकिलो कार्यक्षेत्र तोकी गुठी र गुठियारको बृहत्तर हितका लागि प्राधिकरणको रुपमा गुठीको एकिकृत विकास, संचालन, ब्यबस्थापन र प्रशासन गर्ने उद्देश्यले निम्न मुख्य काम, कर्तब्य अधिकार तोकि गठन गरिएकोस् – राजगुठी र सार्बजनिक गुठीको संचालन गर्ने, राजगुठी र सार्बजनिक गुठी जग्गाको संरक्षण तथा व्यवस्थापन गर्ने, निजी गुठीलाई सार्बजनिक गुठीमा ऐन बमोजिम परिणत गर्ने, धार्मिकस्थलको धार्मिक तथा सांस्कृतिक पुजा, पर्व, जात्रा, यात्रा, आदिकार्य दानपत्र, लिखत, परम्परा बमोजिम संचालन गर्ने, गराउने, प्राचिन गरगहना, धार्मिक, सांस्कृतिक बस्तुहरुको संरक्षण र धार्मिक तथा सांस्कृतिक पर्यटनको माध्यमबाट धार्मिकस्थलको आर्थिक विकास गर्ने ।

७. प्राधिकरणले के चै गर्न पाउदैन ?

दफा ५ – गुठी जग्गाको स्वामित्व छाडिदिन, गुठी ऐलानी जग्गालाई गुठी रैतानी बनाउन, धार्मिकस्थल र गुठीको धार्मिक कार्यमा बाधा पर्ने काम गर्न ।

८. अक्षयकोष के का लागि रु श्रोत के ?

दफा १८ राजगुठी र सार्बजनिक गुठीको संचालन तथा व्यवस्थापनका लागि अक्षयकोष । गुठी जग्गा रैतान नम्बरी हुँदा, गुठी तैनाथी जग्गा बिक्रीबाट, अधिग्रहण जग्गा बिक्रीबाट, गुठीको लागि कसैले दिएको रकम, ब्याज वा मुनाफाको रकम नै अक्षयकोषका श्रोतहरु हुन ।

९. संघियतामा आधारित यो बिधेयक, कसरी ?

दफा १९,२० प्रदेशभित्र रहेका गुठी, गुठी सम्पत्ति तथा धार्मिकस्थलको रेखदेख, संरक्षण, ब्यबस्थापन र समन्वय गर्न प्रदेश कानुन बमोजिम प्रदेश गुठी ब्यबस्थापन समिति गठन हुने ब्यबस्था संघीयताको मुल मर्म बमोजिम ।

१०. सनातनदेखि चलिआएका गुठी तथा धार्मिकस्थलको अस्तित्व के ?

सनातनदेखि प्रचलनमा रहेका गुठी तथा धार्मिकस्थलको संचालन र बन्दोबस्त साबिक दखि चलेकै रितिथिति, परम्परा, प्रथा आदि नमासिनेगरी अझ थप सुबिधा र ब्यबस्थापन हुनेगरी यो बिधेयक प्रस्ताव गरिएको छ ।

११. के सबै सम्पत्ति प्राधिकरणको अक्षयकोषमा जम्मा हुने हो त ?

होइन, दफा २६ मा दाताले दिएका सम्पत्ति, भेटी, गरगहना, सुनचादी, दक्षिणा लगायतका नगदी जिन्सी सम्पत्ति धार्मिकस्थलको हुने र यी सम्पत्ति धार्मिकस्थलको कोषमा जम्मा हुने ब्यबस्था छ ।

१२. कस्ता गुठीको हक र दायित्त्व प्राधिकरणमा सरेको हो ?

दफा २३ यो ऐन प्रारम्भ हुनु अघि कायम रहेका छुट गुठी र सार्बजनिक गुठी मात्र प्राधिकरण मा सर्ने हुन, निजी गुठी होइन ।

१३. गुठीको लगत मा के के खुलाइँ कहाँ पेस गर्नुपर्छ ?

दफा २५ यस अघि गुठी संस्थानमा पेस गरेजस्तै राजगुठी र सार्बजनिक गुठी सम्बद्वले मात्र आम्दानी, खर्च, नित्यपुजा, पर्व, उत्सव, जात्रा, धार्मिकयात्रा, धार्मिक सम्प्रदाय, आगम आदि खुलाई उल्लिखित कार्यको पद्वति र बिधी (दित्तम) प्रयोग हुने सामाग्री, लाग्ने खर्च, खर्च ब्यहोरिने श्रोत समेतको लगत प्रदेश गुठी व्यवस्थापन समिति समक्ष पेस गर्नुपर्ने छ ।

१४. के का आधारमा धार्मिकस्थलको बर्गिकरण गरिएको छ र कसले गर्छ गुठी ब्यबस्थापन र बन्दोबस्ती ?

दफा २७ बार्षिक कुल आयका आधारमा क देखि च बर्ग हुनेगरी बर्गिकरण गरिएको छ । क बर्गका धार्मिकस्थलको हकमा प्राधिकरणले र अन्य बर्गका धार्मिकस्थलको हकमा प्रदेशको गुठी ब्यबस्थापन समितिले गुठी ब्यबस्थापन र बन्दोबस्ती गर्नेछ ।

१५. के छ पुजारी तथा कामदारको नियुक्ति ब्यबस्था ?

दफा ३३ धार्मिकस्थल ब्यबस्थापन समितिलाई तोकेको काम, कर्तब्य बाहेक धार्मिकस्थलको पुजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्ने अधिकार पनि रहेको छ । धार्मिकस्थलको आगम, परम्परा र प्रथाको बारेमा ज्ञान भएको ब्यक्ति नियुक्त हुनेछ ।

१६. धार्मिकस्थलको कोष को ब्यबश्था ?

दफा ३४ नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारबाट प्राप्त रकम, सम्बन्धित गुठीको सम्पुर्ण आय रकम लगायत दाताले दिने रकम जम्मा गरी सम्बन्धित धार्मिकस्थलको छुट्टाछुट्टै कोष खडा गरी राख्नुपर्ने र कुल आम्दानी को २५५ मात्र प्रशासनिक खर्च गर्न पाउनेगरी तोकिएको छ ।

१७. अत्यावश्यकीय कोष किन ?

दफा ४१ कुनै आम्दानी नभएका वा तोकिएको रकम भन्दा कम आम्दानी भएका धार्मिकस्थलको संचालन र ब्यबस्थापनमा सहयोग पुर्याउन अत्यावश्यकीय कोषको ब्यबस्था गरिएको हो ।

१८. धार्मिकस्थल ब्यबस्थापन अधिकारीको नियुक्ति किन ?

दफा ३७ धार्मिकस्थल र सनातन परम्पराको प्रचारप्रसार बढाउन, भक्त र दर्शनार्थीको संख्या बृद्वि गर्न, धार्मिकस्थल प्रतिको आस्था र बिश्वास अभिबृद्वि गर्न र आर्थिक अबस्था सुदृढ गर्न क बर्गका धार्मिक स्थलहरुको लागि प्राधिकरणले र अन्य बर्गका धार्मिकस्थलहरुका लागि प्रदेश धार्मिकस्थल ब्यबस्थापन समितिले अधिकारीको नियुक्ति गर्नेछ ।

१९. मठ भन्नाले के बुझिन्छ ?

२ द मठाधिसले धर्मधर्म-दर्शन, सम्बन्धित सम्प्रदाय, आगम जस्ता बिषयमा प्रबचन, शिक्षण, प्रचारप्रसार गर्ने, निजका चेला गुरुकुलको नियममा रही गुरुको आदेश, शिक्षा, निर्देशन बमोजिम धार्मिक शिक्षा शिक्षण, तालीम, प्रचार प्रसार, प्रबचन आदि कार्यमा लाग्नेगरी स्थापना गरिएको पबित्र धार्मिकस्थल नै मठ हो र महन्त वा अन्य कुनै पद नामबाट आध्यात्मिक प्रमुखको रुपमा मठको संचालन तथा ब्यबस्थापन गर्ने ब्यक्ति मठाधिस हुन ।

२०. मठको लागि छुट्टै ब्यबस्था छ ?

दफा ४४ देखि ५१ हो, यो बिधेयकमा धार्मिकस्थल सम्बन्धि गरिएका केही ब्यबस्थाहरु मठ को लागि लागु नहुनेगरी मठ र मठाधिस सम्बन्धी छुट्टै ब्यबस्था गरिएको छ ।

२१. के हो गुठी तैनाथी जग्गा ?

दफा ५२ कसैको नाममा गुठी अधिनस्त जग्गा वा गुठी रैतान नम्बरी जग्गाको लगतमा दर्ता नभएको गुठीको सम्पुर्ण अधिकार भएको गुठी जग्गा, गुठियारले जोतभोग गरी आएको जग्गा र पाटी, पौवा, सत्तल, धार्मिकस्थल परिसर, वाग बगैचा रहेको गुठी जग्गा नै गुठी तैनाथी जग्गा हो  यसको प्रयोग, संचालन र ब्यबस्थापन प्राधिकरणले धार्मिकस्थलको मान्यतामा आंच नआउनेगरी गर्नेछ ।

२२. गुठी तैनाथी जग्गामा बनाएको घर के हुने ?

दफा ५३ यो ऐन प्रारम्भ गर्नु अघि कसैले आफ्नै पुंजी तथा श्रम लगार्इ घर बनाइ बसोबास गरेको रहेछ भने त्यस्तो घर र सो घरले चर्चेको जग्गा गुठी रैतानीमा परिणत हुनेछ । जग्गाको न्युनतम मुल्य तिर्नुपर्नेछ ।

२३. बहालवालको हक कहिलेसम्म ?

दफा ५४ गुठी संस्थानसंग भएको करारर कबुलियत भएको अबधिसम्म, अबधि नतोकिएकोमा गुठी संचालक समितिले निर्णय गरी दिएकोमा त्यस्तो सम्झौता भएको मितिले २५ बर्ष र प्रशासकले दिएकोमा ५ बर्ष भु – बहालवाला वा बहालवालाको हक कायम रहनेछ ।

२४. यो ऐनमा मोहियानी हक र रैतानी सम्बन्धि ब्यबस्था कस्तो छ ?

दफा ५६ साबिक गुठी संस्थान र मोहीबीच दोहोरो लिखित कबुलियत भै सम्बत २०५३ साल पौष २४ गते अगावैदेखि अबिछिन्न रुपमा गुठी जग्गामा भोगचलन गर्दै आइरहेको किसान वा निजको हकवालाले सो जग्गाको मोहियानी हक कायम गरी पाउन निबेदन दिनेहरुको मोहियानी हक प्राप्त हुने बाहेक गुठी जग्गामा मोहियानी हक लाग्ने छैन । मोही लागेको गुठी अधिनस्थ जग्गामा कानुन बमोजिम प्राप्त मोहियानी हक निजको शेषपछि हकवालालाइ प्राप्त हुनेछ । मोही लागेको गुठी जग्गा मोही र गुठीलाइ आधाआधा बाडिनेछ । गुठीको भागमा परेको आधा जग्गा मोहीले न्युनतम मुल्यको २५ प्रतिशत तिरी निबेदन दिई सो मुल्यमा पाउने ब्यबस्था छ ।

२५. मोहियानी हक हस्तान्तरण गर्न सकिन्छ ?

दफा ५९ गुठी अधीनस्थ जग्गाको मोहियानी हक धितोबन्धक दिन वा कुनै ब्यहोराले हक हस्तान्तरण हुन सक्नेछ । तर सार्बजनिक वा निजी गुठीको जग्गाधनी महलमा गुठी वा धार्मिकस्थलको नाममा बाहेक ब्यक्तिको नाममा दर्ता गर्न वा धितोबन्धक दिन वा हक हस्तान्तरण गर्न पाइनेछैन ।

२६. के छ निजी गुठीको संचालन र बन्दोबस्त सम्बन्धि ब्यबस्था ?

दफा ६३ गुठियारले निजी गुठीसंग सम्बन्धित दानपत्र, शिलापत्र, धर्मपत्र, लगत, दर्ता प्रमाणपत्र आदि लिखतमा लेखिए बमोजिम र कुनै लिखत नभएमा परम्परा बमोजिम त्यस्तो गुठीको संचालन र बन्दोबस्त गर्नुपर्नेछ । निजी गुठीको लगत, सम्पत्ति, आयश्रोत, पुजा पद्वति आदिको बिबरण प्रदेश गुठी ब्यबस्थापन समिति समक्ष पेस गरी अभिलेख गराउनुपर्नेछ । निजी गुठीका गुठियारले सम्पत्ति बेचबिखन गर्न वा हिनामिना गर्न वा निजी काममा प्रयोग गर्न पाउने छैनन । गुठियार गुठिबाट निश्काशन हुंदा अन्य गुठियारले त्यस्तो गुठी चलाउन सक्नेछ । सातपुस्ता सम्मको हकवाला नभएमा निजी गुठी सार्बजनिक गुठीमा परिणत हुनेछ । निजी गुठीका दुइ तिहाइ गुठियारले निर्णय गरी निजी गुठी सार्बजनिक गुठीमा परिणत गर्न सक्नेछन । यस ऐन प्रारम्भ हुंदाका बखत निजी सम्पत्तिको लगानीमा स्थापित सार्बजनिक स्थानको मठ मन्दिर र धार्मिकस्थल गुठी स्वत: सार्बजनिक गुठीमा परिणत हुनेछन ।

२७. गुठी धर्मलोप के लाई मान्ने ?

दफा ८४ गुठीको दानपत्र, शिलापत्र, ताम्रपत्र, लिखत र परम्परा बमोजिमको कार्य नगरेमा वा देवी देवताको मन्दिर, धार्मिकस्थल, पाटीपौवा, धर्मशाला आदिको मर्मत जिर्णोद्वार नगरी नाश हुन दिएमा, गुठीको सम्पत्ति धितो राख्ने, बिक्री वा अन्य ब्यहोराले हक छाडिदिने वा गुठीको लिखत, शिलापत्र, दानपत्र आदि बमोजिम गर्नुपर्ने काम नगरेमा गुठीको धर्मलोप भएको मानी गुठियारलाई सजाय हुने ब्यबस्था छ ।

२८. संचालन तथा ब्यबस्था कसरी हुन्छ त ?

दफा ९३ धार्मिकस्थल तथा धार्मिकस्थल सम्बद्व धार्मिक सांस्कृतिक संघसंस्थाको ब्यबस्थापन, संचालन र बन्दोबस्त सम्बन्धि कुनै समझदारी पत्र, सम्झौतापत्र, बिधिबिध !

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com