गुठी विधेयक खारेजी माग गर्दै माइतीघरमा विरोध प्रर्दशन

काठमाडौँ, ४ असार । काठमाडौँको माइतीघर मण्डलमा गुठीसम्बन्धी विधेयक फिर्ताको माग गर्दै सर्वसाधारणहरुले विरोध जनाएका छन् ।

बुधबार सरोकारवालाहरूले सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै माइतीघर मण्डलमा खबरदारीसभा आयोजना गरेका हुन् ।

भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गरेकी छन ।

जुलुससहित माइतीघर मण्डलामा आन्दोलनकारीहरु केन्द्रीत हुँदा सहरका विभिन्न स्थानबाट आउने यातायात प्रभावित भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com