शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ को बम्पर ओपनिङ

काठमाडौँ, ८ असार । बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा पहिलो दिन बम्पर ओपनिङ गरेको छ ।

उक्त फिल्मले शाहिदको अहिलेसम्मकै सबै फिल्मको ओपनिङ रेकर्ड समेत तोडेको छ । पहिलो दिन नै भारतमा फिल्मले २० करोड २१ लाख कमाइ गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले भारतमा ३ हजार १ सय २३ स्क्रिन पाएको छ । ओभरसिजमा यो फिल्म ४९३ पर्दामा लागेको छ । सन्दिप वंगा निर्देशित यस फिल्मलाई विश्वभर ३६ सय १६ स्क्रिन मिलेको छ ।

वर्ष २०१९ मा सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्मको लिस्टमा शाहिदको फिल्म चौथो नम्बरमा छ । फिल्मकी लिड हिरोइन कियारा आडवाणी हुन् । फिल्ममा शाहिदको अभिनय जबरजस्त छ । ‘कबीर सिंह’ यही फिल्मको हिन्दी रिमेक हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com