‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिँदै

काठमाडौँ, ८ असार ।  चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ ।

गत तीनवर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई विकास बोर्डका अध्यक्ष केशव भट्टराईले निरन्तर दिने भएका छन् ।

आउँदो असार २७ गते तीन वर्ष (०७३, ०७४ र ०७५) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गर्ने तयारी भइरहेको बताइएको छ ।

बोर्डको वार्षिकोत्सवमा चलचित्र क्षेत्रमा योगदान पुर्याइरहेका १० जना चलचित्रकर्मीलाई सम्मान प्रदान गरिने जनाइएको छ । उक्त अवसरमा १० वटा पुराना फिल्महरु डिजिटलाईजेशन गरेर बोर्डमा प्रदर्शन गर्ने तयारी रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com