सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल

एजेंसी, ८ असार । बलिउड अभिनेता सलान खानले ९ वर्षदेखि रियालिटी शो बिग बसमा होस्ट गरिरहेका छन् ।

उक्त कार्यक्रमको १३ औं सिजनमा पनि उनीनै रहने छन । स्रोतका अनुसार  सलमानले च्यानलसँग  करिब ४०३ करोडको डिल गरेका छन् । हरेक विकेन्ड टिभीमा देखिनका लागि सलमानले करिब ३१ करोड (दुई एपिसोडका लागि) पाउनेछन् । शो १३ हप्तासम्म चल्नेछ र सलमान खान शनिबार र आइतबार मात्र देखिनेछन् । यो हिसाबले उनी कुल २६ एपिसोडमा देखिनेछन् ।

बिग बस ८ का लागि सलमानले ५.५ करोड भारु प्रति एपिसोड लिए भने सिजन ९ मा उनको पारिश्रमिक ७–८ करोड भारु प्रति एपिसोड थियो । सिजन १० मा उनले प्रति एपिसोड ८ करोड लिएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com