एसईईको नतिजा विहीबारसम्ममा प्रकाशन हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विहीबारसम्ममा प्रकाशन हुने रीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार बुधबारका राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने र बोर्डले निर्णय गरे विहीबारसम्ममा नतिजा प्रकाशन हुने बताएका छन ।

यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी रहेका छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com