नेकपाको एकतालाई असरपर्ने विषय उठान गर्नु असान्दर्भिक

नेकपा एकतालाई असरपर्ने बिषयको उठान गर्नु हाललाई असान्दर्भिक नै हुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिीक र कार्यनीतिगत बिबादको लामो श्रीखलाको इतिहास छ । २००६ सालमा स्थापना भएको कम्यनिष्ट पार्टी २०१० र २०१४ सालमा बिबाद हुदै २०१९ सालको तेस्रो महाधिबेशन पछि त कमरेड तुलसिलाल अमात्य र कमरेड पुष्पलाल श्रेष्ठबीचको बिबादले अन्तत पार्टी बिभाजन नै हुन पुग्यो । त्यसपछिको अवस्था विभाजन एकता एकिकरण हँुदै आज हामी यहाँसम्म आइपुगेका छौं ।

चीन, क्युबा, भियतनाम र उत्तरकोरिया लगायत केही समाजवादी राष्ट्र बाहेक संसारमा कम्युनिष्ट पार्टी रक्षात्मक अबस्थामा रहेको र हालै छिमेकी मुलुक भारतको लोकसभा चुनाबमा त कम्युनिष्टहरुको सर्मनाक पराजय भएको अबस्थामा आज हामी नेपालका कम्ुनिष्टहरु नेपाली श्रमजिबी जनता र समग्र मुलुकै लागी आसा र भरोसाको केन्द्रभागमा रहेका छौ ।

हामीलाई अबगतनै छ हाम्रो बिगतपनि टुटफुट र बिभाजन कै दर्दनाक अबस्था नै थियो । बिबादका कारणहरु केलाउँदा केहि सैद्धान्तिक कार्यनीतिगत भएपनि बिबाद मुलत अतिबामपन्थी, जडसुत्रबादी र केन्द्रीकृत सोच र बिचार हाबी हुनुनै प्रमुख थियो ।

२०३८, २०३९ सालको शुरुवाती अबस्थामा पुर्वमाले भित्र सिद्धान्त र कार्यनीतिको बारेमा लामो बिबादको श्रीजना भयो यसको नेतृत्व कमरेड गोपाल शाक्यले गर्नुभएको र उक्त बिबादमा यो पंतीकार पनि संलग्न थियो जतिबेला हामी नवलपरासी र पाल्पामा पूर्णकालीन अबस्थामा थियौ । उक्त बिबादको मुल पक्ष्य तत्कालीन अबस्थामा सोभियत सघ आधारभुत रुपमा समाजबाद रहेको र माआ ेबिचारधारा नेपाली क्रान्तीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने कुरा प्रमुख थिए ।

उक्त बिषय लगायत कार्यनीतिमा रहेका धेरै बिषयहरु पूर्बमालेको चौथो महाधिबेसनले निरुपण गरयो । चौथो महाधिबेसनको गाइडलाइन र बिश्व कम्युनिष्ट आन्दोलनमा देखिएको उतारचडाब र फेरबदल साथै झनै देशको बिशिष्ट परिस्थीती अनुकुल रहेर सामन्तबाद साम्राज्यबाद बिरोधी कार्यक्रमको रुपमा पाक्चौ महाधिबेसनमा कमरेड मदनभण्डारीले जनताको बहुदलिय जनबादलाई अगाडी सार्नु भयो ।

यसपछि जबजले हरेक क्षेत्रमा बहुलता र बहुलबादाई स्तापित गर्ने काम गरयो । माक्सबादी लेनिनबादी सिद्धान्त अगाली रहेको कम्युनिष्ट पार्टीले आ–आप्mनो देशको परिस्थीती अनुसार नै आबधिक निर्बाचनको पश्चिमी मोडलको संसदिय प्रणालीलाई अंगीकार गर्ने कार्य गरयो । जसले गर्दा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्ष्यात्मक अबस्थामा गइरहेको बेलामा मदन भण्डारीको नेत्रीत्वमा नेपालमा कम्युनिष्ट आन्दोलनले ठूलो सफलता प्राप्त गरयो ।

त्यतीबेला न्युज वीक जस्तो अमेरिकी मिडीयाले नेपालमा कार्लमाक्स अझै जिबित छन भनेर कमेन्ट समेत गरेको थियो । जबकि उक्त समयमा नेपालमा सम्बैधानीक राजतन्त्रात्मक संसदिय प्रणाली बिकसीत भइरहेको थियो । जबजले जनबाद हुँदै समाजबादी प्रणालीमा समेत आबधिक निर्बाचनको लोकतान्त्रीक प्रणालीलाई स्वीकार गरिसकेको थियो ।

अर्को तिर माओबादी हरु शसस्त्र बिद्रोह मार्फत सत्ता कब्जागर्ने बाटो लिएर शसस्त्र बिद्रोहमा थिए । समयक्रम सँगै माओबादीले पनि कमरेड प्रचण्डको नेत्रृत्वमा सारमा जबज कै लाइन अनुसारको एकाइसौ सताब्दीको जनबादलाई अगाडी सारयो, जसलाई शान्ती प्रकृयामा आइसकेपछि हेटौडा अधिबेसनले कार्य रुपमानै जाने निर्णय गरयो । तर सैद्धान्तीक सबाल भने जबज र एकाइसौ सताब्दीको जनबादमा केहि फरक छ । किनकि माओबिचारधारा पुर्ब माले कालमै चौथो महाधिबेसनबाट हटिसकेको थियो तर माओबादी केन्द्रमा भने एकाइसौ सताब्दीको जनबादमा माओबिचारधारालाई मार्गदर्शक सिद्धान्त मानेको अबस्था छदैछ ।

त्यसैकारण पनि दूई पार्टी एकिकरणको बेलामा माक्र्सबाद लेनिनबादलाई मार्गदर्शक सिद्धान्त मानेर जनताको जनबादलाई कार्यनीतिगत रुपमा अगाडी सारी जबज र एकाइसौ सताब्दीको जनबादलाई महाधिबेसनमा छलफल गरि निराकरण गर्नेगरि लिखितनै सहमती भएको र सोहिअनुसार एकिकरणको दस्ताबेज अब तैयारिको अबस्थामा छ ।

आजको बर्तमान अबस्थाको मुख्यमार्ग निर्देशन भनेको जनताको जनबाद नै हो । महाधिबेसनको पुर्बसन्ध्यामा जब छलफल खुल्ला हुन्छ त्यतिबेला दुबैपक्ष्यको बिचारको बारेमा बहस छलफल गरि नेकपा एकिकरणको उक्त बिचारमाथी टेकेर अफ्नैदेशको परिस्थीती अनुसार सिद्धान्त तय गर्न सकिन्छ तबमात्र समाजबादी बाटोलाई समृद्ध रुपले अगाडी बडाउन सकिन्छ ।

तर यतिबेला यो त्यो भनेर बिबाद निकाल्नाले एकिकरण को मुल्यमान्यता र भावना माथी चोट पर्न सक्छ । दुइ कम्युनिष्ट पार्टी बिचको एकता कुनै नेता बिशेषको लहडमा भएको पक्कैपनि हैन । यो एकता आमनेपाली जनताको चहना भावना र मुलुककै बिकास र सबृद्दी संग जोडिएको छ । त्यसकारण पनि सबैले यसलाइ तलमाथी हुन नदिन हामी नेताकार्यकर्ता हरु अत्यन्त जिम्मेवार हुन जरुरी छ ।

नरेश्वर ज्ञवाली, काठमाडौँ

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com