घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २२ असार । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर तितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com