‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज (भिडियो सहित)

काठमाडौँ, २२ असार । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मात्र देखाइएको छ ।

भदौ १३ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रामबाबु गुरुङको निर्देशनमा रहेको फिल्ममा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट रहेको छ । रेनशा वान्तवा राइको कोरियोग्राफर, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

टिजर

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com