‘यो माया कस्तो माया’को गीत रिलिज (भिडियो सहित)

काठमाडौँ, २२ असार । फिल्म ‘यो माया कस्तो माया’ को दोस्रो गीत ‘हुन्न है’ बोलको रिलिज भएको छ ।

गायिका सुवानी मोक्तान र गायक उदिपधोज थापाको स्वर रहेको गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिवस धिताल र रितु पौडेल फिचर्ड रहेको छन् । फिल्म युवराज केशरी, सुन्दर श्रेष्ठ, लय सङ्ग्रौला, सुमित डङ्गोल, तारा केशी, तुलसा शर्मा, शङ्कर महर्जनलगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com