महिला विश्वकपको उपाधि अमेरिकालाई

एजेन्सी, २३ असार । महिला विश्वकप उपाधि संयुक्त राज्य अमेरिकाले जितेको छ ।

 आइतबार भएको फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो । अमेरिकाको यो चौथो उपाधि हो । यसअघि अमेरिकाले सन् १९९१, १९९९ र २०१५ मा उपाधि जितेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com