वैदेशिक राेजगारीबाट बिदामा आएकाबेला मृत्यु भए पनि राहत

काठमाडौँ, २३ असार । सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तर बिदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरुका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ । यसअघि रोजगारीको क्रममा विदेशमा मृत्यु भए त्यस्ता कामदारका परिवारले मात्र सुविधा पाउने व्यवस्था थियो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बोर्डको बैठकले स्वदेशमा मृत्यु भएका कामदारका आफन्तलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा मृत्यु हुँदा उनीहरुका आफन्तले राहत पाउने तर स्वदेशमा मृत्यु भएकालाई राहत नदिँदा विभेद भएका भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो । यो समाचार आजको  नागरिक दैनिकमा छापिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com