विषादी जाँच्ने प्रयोगशाला : कतै कर्मचारी छैनन्, कतै मेसिन छैन

सरकारले तरकारी र फलफूलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार बर्षभन्दा बढी भयो। तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन् ।

विषादी मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ । जसका कारण भारतबाट निर्वाध रुपमा विषादी मिसिएको तरकारी र फलफू आउने गरेका छन् । नेपालकै किसानले उत्पादन गरेका तरकारी र फलफूलमा पनि विषादी परीक्षण हुन सकेको छैन । झापाको बिर्तामोड, सर्लाही, रुपन्देही, वीरगन्ज, नेपालगन्ज र महेन्द्रनगरको गड्डाचौकीमा रहेका प्रयोगशाला देखाउने दाँतमात्र भएका छन् ।

बिर्तामोडस्थित कृषि बजारमा चार वर्षअघि स्थापना भएको प्रयोगशालामा किसान र व्यापारीले तरकारी र फलफूलमा विषादीको मात्रा कति छ भने र जाँच गराउदैनन् । सर्लाही नवलपुरको उष्णप्रदेशीय बागवानी केन्द्र परिसरमा २०७४ सालमा स्थापना भएको प्रयोगशालामा दरबन्दीअनुसार कर्मचारी छैनन् । बुटवलस्थित विषादी जाँच प्रयोगशालाले दुई महिनादेखि काम गर्न सकेको छैन । महेन्द्रनगरको गड्डाचौकी नाकामा रहेको क्वारेन्टाइन कार्यालय र धनगढीको त्रिनगरमा रहेको गड्डाचौकी क्वारेन्टाइन कार्यालयकै शाखा कार्यालयमा तरकारी, फलफूललगायत खाद्य पदार्थमा बिषादी जाँच्ने उपकरण र जनशक्ति दुवै छैन । याे खबर आजकाे नागरिक दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com