अब २० लाखको कार किन्दा ६५ लाख कर तिर्नुपर्ने !

काठमाडौँ, २५ असार । छिमेकी मुलुक भारतबाट २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ। तर मुलुकको वास्तविकता यही हो ।

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार अब २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्छ ।

भन्सार विभागले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि तीन हजार सीसीमाथिका २० लाख रुपैयाँका कार ल्याउँदा ८० प्रतिशतसम्म भन्सार महसुल बुझाउनु पर्नेछ ।

यस्तै शतप्रतिशतसम्म अन्तःशुल्क, आठदेखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित ६५ लाख रुपैयाँ कर बुझाउनुपर्छ । याे खबर आजकाे राजधानी दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com