भक्तपुरमा सांसद विकास कोषको प्रभावकारी उपयोग

भक्तपुर, २६ असार । विकास र समृद्धिको व्यापकमात्रामा उपयोग गरिरहेको भक्तपुर, जसमा पनि सांसद विकास कोषको उपयोगीता अत्यन्तै उत्कृष्ट तथा प्रभावकारी भएको देखिएको छ ।

एभरेष्ट मिसन डट कमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको भक्तपुर क्षेत्र नं. २ मा एक स्थलगत रिपोर्ट तयार पार्दाको स्थितीमा बजेटको सही सदुपयोग तथा कामले व्यापक मात्रामा तिव्रता दिएको पाइएको छ ।

केही समय अघि व्यापक विरोध भएको क्षेत्र विकास कोष (सांसद विकास कोष)मा सांसद बस्नेतको क्षेत्रमा कोषको सदुपयोग तथा प्रयोग वास्तविक ठाउँमा प्रयोग भएको साथै उहाँको निरन्तर खवरदारी तथा अनुगमनका कारण उल्लेख्य मात्रामा प्रगतिमूलक बाटोमा अघि बढेको देखिएको छ ।

भक्तपुरको क्षेत्र नं. २ मा स्रोत तथा साधनको उचित प्रयोग, तीनै तहका सरकारको सहयोग र सहकार्य रहेको पाइएको छ । त्यती मात्र नभई विकासमा एकता, राजनीतिमा प्रतिस्पर्धाको मान्यतालाई आत्मसात् गर्दै विकासका मुहानहरु एक पछि अर्को गर्दै खुल्ला भएका छन् । जसमा क्षेत्र विकास कोष (सांसद विकास कोष)को रकमले भक्तपुरको विकासमा मार्गदर्शक भएको छ ।

क्षेत्र विकास कोषको बजेटले शुरुवात भएका १८ वटा आयोजनाहरु तिव्र गतिका साथ निर्माण कार्यहरु भइरहेको पाइयो । उक्त आयोजनाहरुमा सांसद बस्नेतको नेतृत्वमा प्राविधिक टोली सहित कामको मूल्याङ्कन, अनुगमन तथा भईआएका सस्याहरुलाई सुधार तथा समाधान गर्न निर्देशन हुने गरेको स्थानीयवासी तथा निर्माण कम्पनीहरुले बताएका छन् ।

उहाँको क्षेत्रमा रहेको १८ वटा क्षेत्र विकास कोषद्वारा सञ्चालनमा रहेको आयोजनाहरुमा सूर्यविनायक नगरपालिकामा ५ वटा र १३ वटा मध्यपुर थिमी नगरपालिकामा रहेका छन् । जुन निम्नानुसार रहेका छन्,

१. सूर्यविनायक नगरपालिका वडा नं. ५ सिजर्ना नगरबाट नगरपालिका जाने सडक,
२. सूर्यविनायक नगरपालिका वडा नं. ७ मा फुटसल तथा सामुदायीक भवन,
३. सूर्यविनायक नगरपालिका वडा नं. ४ तर्खाल कृष्ण मन्दिरदेखी सेतोपाटी कार्की गाउँ जाने सडक तथा कुलो निर्माण,
४. सूर्यविनायक नगरपालिका वडा नं. ३ चुमटोल उकालो बाटो स्तरउन्नती,
५. सूर्यविनायक नगरपालिका वडा नं. ५ सूर्यनगर सडक कालोपत्रे,


६. मध्यपुर थिमी नगरपालिका वडा नं. १ शिवनगर टोल कालोपत्रे
७. मध्यपुर थिमी नगरपालिका वडा नं. ३ अरनीको वस्तीमा सामुदायीक भवन निर्माण,
८. मध्यपुर थिमी नगरपालिका वडा नं. ४ र ५ लावाटोलबाट दुई पोखरी जाने सडक निर्माण,
९. मध्यपुर थिमी नगरपालिका वडा नं. ५ र ६ सिद्धिकाली चोकबाट नासननी जाने सडक निर्माण,
१०. मध्यपुर थिमी नगरपालिका वडा नं. ७ नगदेश गार्चामा कलात्मक द्धार निर्माण,


११. मध्यपुर थिमी नगरपालिका वडा नं. ८ सिन्जा पाटीबाट बृद्धाश्रम जाने सडक निर्माण,
१२. मध्यपुर थिमी नगरपालिका वडा नं. ९ सानोवन उद्यान संरक्षण,
१३. मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा प्लानिङ्को खुल्ला क्षेत्रमा उद्यान निर्माण,
१४. मध्यपुर थिमी नगरपालिका वडा नं. ३ तेस्रोटारमा सामुदायीक भवन निर्माण,
१५. मध्यपुर थिमी नगरपालिका वडा नं. ६ कुण्डोलमा सामुदायीक भवन निर्माण,


१६. मध्यपुर थिमी नगरपालिका वडा नं. २ सानो थिमी एस ओ एस अगाडीको सामुदायीक भवन निर्माण,
१७. मध्यपुर थिमी नगरपालिका वडा नं. २ चेतनशिल युवा क्लवको भवन निर्माण तथा ट्रस निर्माण,
१८. मध्यपुर थिमी नगरपालिका वडा नं. ९ नागवेली मार्गमा ढल निर्माण,

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com