बुढानिलकण्ठका सडक अलपत्र मात्र होइन नकाबन्दी जस्तै : सांसद थापासँग जनता आक्रोसित

काठमाडौँ, २६ असार । काठामाडैँको चिर परिचितको रुपमा रहेको काठमाडौँको बुढानिलकण्ढका अधिकाशं सडकहरु अलपत्र तथा जिर्ण बनेका छन् ।

काठमाडौँको क्षेत्र नं ४ बाट दोश्रो पटक निर्वाचित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा युवा नेता, पूर्वस्थास्थ्य मन्त्री सांसद गगन कुमार थापा अहिले आफ्नो क्षेत्रको बुढानिलकण्ठ नगरपालिकामा हुने कार्यक्रमहरुमा कम देखिन थालेका छन । आफ्नो निर्वाचन क्षेत्रका १२ वडा मध्ये ८ वडा रहेको यस नगरपालिकाको सडक अवस्था निकै जिर्ण र अधिकांश स्थानमा अलपत्र परेको अवस्थामा सांसद थापालाई यस नगरपालिकामा आउन निकै सकस परेको उनि निकट एक नेता बताउछन ।२०७४ शालको निर्वाचन दौरान सबै

भन्दा बढी गुनासो सडक अवस्थाको सुनेका थापाले सो समयमा सडक निर्माण नै आफ्नो मुख्य काम हुने प्रतिवाद, सार्वजनिक, व्यक्तिगत र विभिन्न मंचहरुमा उठाएका थिए । उनले यस विचमा पटक पटक ठेकेदार र सरकारका विभिन्न निकायका प्रतिनिधिहरुसँग स्थलगत रुपमा छलफल पनि गरेका थए तर सडकको अवस्था अझै पनि उस्तै रहेको छ भने कतिपय सामान्य निकास भएका स्थानमा पनि डोजर चलाएर सडक अवस्था निकै जिर्ण बनाइएको छ ।

अहिले बुढानिलकण्ठ नगरपालिकाका ४ वडा १०, ११ , १२ र १३ करिव करिव नाकबन्दीको अवस्थामा रहेका छन भने त्यस स्थानमा कुनै अप्रिय घटना भएको खण्डमा कुनै पनि राहत वा अन्य सेवा आउने अवस्था रहेको छैन भने सामान आवतजावत गर्ने बाटो नहुँदा निर्माण कार्य अलपत्र परेका छन ।

नेपालको राजनीतिमा चर्चित रहेका थापालाई आफ्नो प्रतिनिधि बनाउदा निकै फाइदा हुने र विकासको बाढी आउने विस्वास व्यक्त गरेर मत दिएका बुढानिलकण्ठका स्थानीयहरु अहिले आफ्ना प्रतिनिधि प्रति निकै दुखि र आक्रोसित बनेको एक स्थानीय बताउछन । आफ्नो निर्वाचनमा आफ्नै पहलमा निर्माणाधीन भनेर सांसद थापाले किताव नै छापेर देखाएका लगभग सबै सडकको अवस्था अहिले कुनै धान खेत भन्दा कम छैनन् भने बेला बेलामा डोजर अगाडी बसेर फोटो सेसन गराउने कतिपय जनप्रतिनिधिहरुको घर अगाडी रहेको हिलाम्य सडकले उनीहरुलाई व्यंग्य गरिरहेको छ ।

कर्मचारीलाई कार्यालय, विद्यार्थीलाई बिद्यालय र कलेज तथा अन्य स्थानीयहरुलाई अत्यावस्यक सामाग्री खरिद गर्न बाहिर निस्किदा कुनै ठुलो युद्धमा जान लागे झैं कस्ट हुने गरेको स्थानीयहरू बताउछन । अहिले त बाहिर काठमाडौँका अन्य स्थानमा जाँदा जुत्तामा लागेको हिलो हेरेर बुढानिलकण्ठबाट आएको हो भनि सोध्लान भन्ने पिर लाग्ने गरेको भन्दै एक स्थानीयले पिडा मिश्रित व्यंग गरेका छन ।

सांसद थापासंग तेर्सिएका हरेक आक्रोसका प्रहारहरुको निसानामा अहिले उनका स्थानीय कार्यकर्ता र बुढानिलकण्ठका जनप्रतिनिधि पर्दै आएका छन । अहिले विरामी हुँदा एम्बुलेन्स र आगलागी हुँदा दमकल आउने बाटो समेत नभएको अवस्था रहेको उनको भनाइ छ । काठमाडौँको मुख्य भाग र देशका चर्चित सांसद रहेको क्षेत्रको वासिन्दा बन्नु कुनै दुर्गम स्थानको वासिन्दा बन्नु भन्दा पनि दुखदायी भएको भन्दै उनले आक्रोस व्यक्त गरेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com