भन्सार बिन्दुमै बिषादी परीक्षणको कथा : मुख्यसचिव रेग्मीद्वारा सरकारबिरुद्ध अस्त्र प्रयोग

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनतामा बदनाम गराएर चारैतिर घेरावन्दीमा पार्ने ग्य्राण्डडिजाइन अन्तर्गत भन्सार बिन्दुमै फलफूल तथा तरकारीको बिषादी परीक्षणको सूचना प्रकाशित गरिएको पाइएको छ । राजपत्रमा सूचना प्रकाशित गर्नुअगावै कानून निर्माणकै चरणमा अर्थसचिव राजन खनाल र कृषि सचिव प्रकाश माथेमाले भन्सार बिन्दुमा बिषादी परीक्षणको पूर्वधार नरहेको जनाई असहमति राख्नुभएको थियो ।

मुख्यसचिव लोकदर्शन रेग्मीसहितको सो बैठकमा दुवै सचिवले बिषादी परीक्षणपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने ब्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । मुलुकको यथार्थाअनुसार काम गर्न दिइएको सुझावअनुसार अन्तिम रुप दिने भन्दै उठेका मुख्यसचिव रेग्मीले बाणिज्य सचिव केदारबहादुर अधिकारीसँग छलफल गरी भन्सार बिन्दुमै परीक्षण गर्ने शब्द घुसाएर सरकारबिरुद्ध अस्त्र प्रयोग गरेका हुन ।

बैठकमा दुवै सचिवले बिषादी परीक्षणपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने ब्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । मुलुकको यथार्थाअनुसार काम गर्न दिइएको सुझावअनुसार अन्तिम रुप दिने भन्दै उठेका मुख्यसचिव रेग्मीले बाणिज्य सचिव केदारबहादुर अधिकारीसँग छलफल गरी भन्सार बिन्दुमै परीक्षण गर्ने शब्द घुसाएर सरकारबिरुद्ध अस्त्र प्रयोग गरेका हुन ।

मन्त्रिपरिषदको निर्णय प्रमाणिकरणको जिम्मा पाएका मुख्यसचिव रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध जनता भडकाउनकै लागि भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था राखिदिएको ती एक सचिवले बताए । गत सोमवारको मन्त्रिपरिषद बैठकमा भने रेग्मीले भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था कहाँ छ भन्दै प्रधानमन्त्री ओलीलाई भ्रम दिन खोजेका थिए । तर एक मन्त्रीले यो के हो भन्दै प्रश्न उठाएपछि रेग्मीको बदमासी खुलेको थियो ।

यता भन्सारमा तरकारी र फलफूल रोकिएपछि नेपालस्थित भारतीय दुतावासले गराएको ध्यानाकर्षण पत्रसमेत गुपचुप राखी प्रधानमन्त्रीलाई जानकारी नदिइएको तथ्य खुलेको छ । ‘दुतावासले भन्सार बिन्दुमा परीक्षण प्रयोगशाला छैन, मान्यताप्राप्त निकायबाट परीक्षण गरेको प्रमाणपत्रका आधारमा हुने ब्यवस्था होस भनेर परराष्ट मन्त्रालयलाई पत्र पठायो । परराष्टले कृषि मन्त्रालयमा पठायो, कृषिले बाणिज्य मन्त्रालयमा पठायो, तर यति गम्भीर बिषयमा प्रधानमन्त्री ओलीलाई कुनै पनि मन्त्रालयले जानकारी दिएन ।

तीनवटै मन्त्रालयले दुतावासको पत्रको बिषयमा प्रधानमन्त्रीलाई कुनै जानकारी नदिएकै कारण प्रधानमन्त्रीले नेकपाको संसदीय दलमा कसैको पत्रबारे आफूलाई जानकारी नभएको बताउनु भएको थियो । ‘मुख्यसचिव र सचिवहरुले प्रधानमन्त्रीलाई पुरै गुमराहमा राखेको पाइयो, मन्त्रीहरुले पनि आफ्नो मन्त्रालयको कमाण्ड गरेको देखिएन,’ ती मन्त्रीले भने । उनका अनुसार नेपाल भारत सम्बन्ध चिसो पार्न र सरकारबिरुद्ध जनता भडकाउन भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था गरी ओली सरकारबिरुद्ध मुख्यसचिव रेग्मीले पासो थापिदिएपछि यो बिवाद आएको हो । ‘भन्सार बिन्दुमा बिषादी परीक्षण गर्ने भौतिक पुर्वाधार छैन भन्ने जान्दाजान्दै मुख्यसचिवले सरकारबिरुद्ध खेल खेले, त्यसैको पासोमा सरकार पर्यो,’ अर्का मन्त्रीले भने ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com